टी-२० विश्वकप आजदेखि

नेपालभ्युज

टी-२० विश्वकप आजदेखि

एजेन्सी। टी-२० विश्वकप आज (आइतबार)देखि शुरू हुँदैछ। क्रिकेटको सबैभन्दा छोटो ढाँचाको विश्वकप पाँच वर्षको अन्तरालमा हुन लागेको हो। २०१६ को टी-२० विश्वकपपछि यो प्रतियोगिताको आयोजना भएको थिएन।

सन् २०१८ मा आयोजना हुनुपर्ने यो फरम्याटको विश्वकप धेरै देशबीच चलिरहेको द्विपक्षिय प्रतियोगितालाई कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रद्द गरेको थियो।

२०१८ को विश्वकप रद्दसँगै सन् २०२० मा आयोजना गर्ने बताइएको खेल कोरोना भाइरसका कारण स्थगित भयो। गत वर्षको अक्टोबरमा अष्ट्रेलियामा आयोजना गर्ने तय भएको प्रतियोगिता स्थगित गर्दै २०२१ मा भारतमा आयोजना गर्ने आईसीसीले निर्णय गरेको थियो।

भारतमा कोरोना सक्रमणले तीव्रगतिमा फैलिएसँगै सञ्चालन भईरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुँदा विश्वकप आयोजना गर्ने अवसरबाट पनि भारत बञ्चित भयो। भारतमा स्थगित भएको आईपीएलका बाँकी खेल यूएईमा आयोजना गर्दै सम्पन्न भयो भने विश्वकप युएई र ओमानमा आयोजना हुँदैछ।

प्रतियोगिता अन्तरग ‘ए’ समूहमा आयरल्याण्ड, नामिबिया, नेदरल्याल्याण्ड र श्रीलंकाको टीम एक आपसमा खेल्नेछन्। यो समूहको शिर्ष दुईमा पर्ने टीम अघिल्लो चरणमा पुग्नेछ। यस्तै ‘बी’ समूहमा रहेका बंगलादेश, ओमान, पापुआ न्यू गिनी र स्कटल्याण्ड शिर्ष दुईका लागि भिड्नेछन्।

त्यसपछि सुपर १२ राउन्ड शुरु हुनेछ। यो राउन्डको पहिलो समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, साउथ अफ्रीका र वेष्टइंडिजका अलावा समूह ‘ए’ बाट पहिलो हुने र ‘बी’ बाट पहिलो हुने टीम पनि समावेश हुनेछन्।

यस्तै दोस्रो समूहमा भारत, न्यूजरल्याण्ड, अफगानिस्तान, पाकिस्तानका अलावा समूह ए र बीबाट दोस्रो हुने टीम सहभागि हुनेछन्।

शुरुआती चरणबाट शिर्ष दुईमा पर्ने टीमले सुपर १२ मा खेल्ने मौका पाउनेछन्।

यो चरणमा पनि टीमहरु एकअर्का विरुद्धमा खेल्नेछन्। दुवै समूहबाट शिर्ष दुईमा पुग्ने टीमबीच सेमिफाइनल खेल हुनेछ।

सुपर १२ को खेल २३ अक्टोबरबाट शुरु हुनेछ भने यो ८ नोभेम्बरसम्म चल्नेछ। १० र ११ नोभेम्बरमा सेमिफाइनलका खेल आयोजना हुनेछन् भने १४ नोभेम्बरमा फाइनल खेल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved