प्रहरीले फिर्ता गरेन रुबिको झोला

नेपालभ्युज

प्रहरीले फिर्ता गरेन रुबिको झोला

काठमाडौं। नौ दिनदेखि अनसनरत रुबि खानको झोला हराएको छ। केही पैसा र एउटा ल्यापटपसहित महत्वपूर्ण कागजात भएको उनको झोला प्रहरी वृत्त लैनचौरले बेपत्ता पारेको हो।

उनीसहित १६ जना नकुन्नी धोबी र निर्मला कुर्मीको लागि न्यायको माग गर्दै २० दिन हिँडेर धर्ना दिन काठमाडौँ आएका थिए। १९ दिन बाँकेमा प्रदर्शन गरेपनि आफ्नो माग सुनुवाइ नभएको भन्दै गत असोज १ गते काठमाडौं हिँडेका थिए।

काठमाडौं पुगेर धर्ना शुरु गरेको भोलिपल्टै प्रहरीले रुबिसहित १४ जनालाई पक्राउ गरेको थियो। अरुलाई छाडिएकोमा रुबिलाई बहुविवाहको मुद्दामा नेपालगञ्ज पुर्‍याइएको थियो।

उनलाई सर्वोच्चको आदेशमा गत बिहीबार मात्रै छाडिएको थियो। तर आफूले अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको झोला फिर्ता नपाएको बताइन्। ”ल्यापटप र मेरा महत्वपूर्ण डकुमेन्टहरु झोलामा थिए, प्रहरीले झोला बेपत्ता पारेको छ,” उनले बताइन्।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि चिकित्सकको सल्लाहमा उनलाई शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved