थपिए एक सय ४७ संक्रमित

नेपालभ्युज

थपिए एक सय ४७ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट एक हजार सात सय ७३ जनामा  परीक्षण गर्दा एक सय ३६ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी एन्टिजेन विधिबाट ११ जनामा संक्रमण देखिएको हो। धेरै जसो नयाँ संक्रमित काठमाडौं उपत्यकामा छन्। काठमाडौंमा ६३ जना, ललितपुरमा २० र भक्तपुरमा सात जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा आठ सय ४५ जना संक्रमणमुक्त भएका छन् भने थप एक जनाको संक्रमणका कारण निधन भएको छ।

अहिलेसम्म कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ११ हजार दुई सय ७८ पुगेको छ। मुलुकभर अझै १२ हजार पाँच सय ९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ।

सक्रिय संक्रमित मध्ये ११ हजार पाँच सय ४४ जना होम आइसोलेसनमा र एक हजार ५४ जना संस्थागत आइसोलेसनमा छन्। त्यसैगरी तीन सय सात जना आईसीयू र ९७ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved