आईपीएल फाइनलमा कोलकत्तालाई १ सय ९३ रनको लक्ष्य

नेपालभ्युज

आईपीएल फाइनलमा कोलकत्तालाई १ सय ९३ रनको लक्ष्य

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ संस्करणको फाइनल खेलमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाईट राईडर्सलाई १ सय ९३ रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकी ब्यास्टसम्यान फ्याप डुप्लेसीको आक्रामक ब्याटिङको मद्दतले चेन्नईले कोलकत्ताविरुद्ध १ सय ९२ रनको जोडेसँगै कोलकत्ताले १ सय ९३ रनको लक्ष्य पाएको हो। उपाधि भिड्न्तका लागि भएको आजको खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको कोलकत्ताका बलर प्रभावकारी हुन नसक्दा चेन्नईले चुनौती पूर्ण लक्ष्य दिएको हो।

कोलकत्ताका स्पिनर सुनिल नारायन बाहेकका बलर चल्न नसक्दा पहिलो इनिङको खेल समाप्तिसम्म चेन्नईको पल्लाभारी देखिएको हो। नारायनले ओपर ऋतुराज गायक्वाडलाई व्यक्तिगत ३२ रनमा हुँदा पेविलियनको बाटो देखाएका थिए। ४ ओबर बलिङ गर्दै २६ रन खर्चिदै नारायनले २ विकेट लिएका थिए। यस्तै उनले चेन्नईका अर्का ब्यास्ट्स म्यान रोविन उथप्पाललाई पनि आउट गरे। व्यक्तिगत ३१ रन जोड्दा उथप्पा नारायनको बलमा एलवी डब्लुको धरापमा परेका थिए।

पहिलो विकटे ६१ रनमा गुमाएका चेन्नईले दोस्रो विकेट भने एक सय २४ रनमा गुमाएको थियो। त्यसपछि आएका मोइन अली र डुप्लेसीको जोडीले चेन्नईको ब्याटिङ समाल्दा डुप्लेसी व्यक्तिगत ८६ रनमा आउट हुँदा अली भने नट आउट रहेका छन्।

यस्तै चेन्नईका प्रारम्भिक ब्यास्ट्स म्यान गायक्वाड यो संस्करणको आईपीएलको सर्वाधिक रन बनाउने खेलाडी भएका छन्। शुक्रबारको खेलमा ३२ रन जोड्दै उनले आफ्नो व्यक्तिगत रन ६ सय ३५ पुर्याएका छन्। यसअघि ६ सय २६ रन सहित तालिकाको अग्रस्थानमा रहेका दिल्ली क्यापिटलका शिखर धवन भने तेस्रो स्थानमा झरेका छन्।

गायक्वाड पहिलो स्थानमा उक्लिदा चन्नईका अर्का ब्यास्ट्स म्यान डुप्लेसी दोस्रो स्थानमा उक्लिएका छन्। उनको यो संस्करणमा ६ सय ३३ रन बनाएका छन्। शिर्ष स्थानमा उक्लिन मात्र दुई रन आवश्यक हुँदा उनी १९ अबरको अन्तिम बलमा आउट भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved