थप २ सय ७२ जनामा काेराेना पुष्टि

नेपालभ्युज

काठमाडाैं।नेपालमा शुक्रबार थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४ हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

२४ घण्टामा कोरोनाकै कारण ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको मन्त्रलयले जनाएको छ।

शुक्रबार काठमाडौं उपत्यकामा ११८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जना संक्रमित थपिएका हुन्। शुक्रबार ७७७ जना संक्रमणमुक्त हुदा हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ।

शुक्रबार सात सय ७७ जना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म सङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना संक्रमणमुक्त भएका छन्।।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved