राष्ट्रपति भण्डारीले लगाइन् आमाको हातबाट टीका

राष्ट्रपति भण्डारीले लगाइन् आमाको हातबाट टीका

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट टीका लगाएकी छन्। उनले बिहान १० बजेर २ मिनेटको शुभसाइतमा राष्ट्रपति कार्यालय शीतल निवासमा आमा मिथिलाबाट टीका ग्रहण गरेकी हुन्।

उनले हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरेकी छन्। राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए।

राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved