आईपीएल उपाधिका लागि भिड्दै चेन्नई र कोलकत्ता

चेन्नई र केकेआरबीचको याे खेललाई ब्याट्सम्यान भर्सेस स्पिनरका रुपमा पनि लिन सकिन्छ।

नेपालभ्युज

आईपीएल उपाधिका लागि भिड्दै चेन्नई र कोलकत्ता

काठमाडौँ । इन्डियन प्रिमियम लिग (आईपीएल) को १४ औँ संस्करणकाे फाइनल खेल आज (शुक्रबार) चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइर्डस (केकेआर) बीच हुँदैछ।

फाइनलमा स्थान पक्का बनाउन दुवै टिमले दिल्ली क्यापिटललाई हराएका थिए।

लिग चरणमा शिर्ष स्थानमा रहेको दिल्लीले फाइनस प्रवेशका लागि अंक तालिकामा दोस्रो स्थानमा रहेको चेन्नईसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा चेन्नई विजयी भयो। यस्तै अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका रोयल च्यालेन्जर्स बैंगलाैर (आरसीबी) र केकेआरबीच भएको खेलमा केकेआरले जित निकाल्दै फाइनल प्रवेशका लागि पुनः दिल्लीसँग प्रतिस्पर्धा गरेको थियो। उक्त प्रतिस्पर्धामा पनि केकेआर विजयी हुँदा फाइनलमा चेन्नईसँगको भेट पक्का भएको हो।

आईपीएलको १४ औँ संस्करणसम्म आउँदा चेन्नई ९ पटकसम्म फाइनलमा प्रवेश गरेको छ। यद्यपि, दुई संस्करणको खेलमा भने चेन्नईलाई प्रतिबन्ध लागेको थियो। ९ पटक फाइनल प्रवेश गरेको चेन्नईले तीन पटक उपाधि उचालेकाे छ।

यस्तै केकेआरले हालसम्म दुई पटक आईपीएलको उपाधि जितेको छ। दुई पटक नै केकेआरले गौतम गम्भिरको नेतृत्वमा उपाधि जितेको थियो।

चेन्नईलाई यो संस्करणको आईपीएल जित्न केकेआरका तीन स्पिनरको १२ ओभर राम्रोसँग खेल्नुपर्ने हुन्छ। केकेआरका स्पिनर वरुण चक्रवर्तीले प्रतियोगिताभर ६ दशमलव ४ को इकनोमी रेटमा बलिङ गरेका छन् भने अर्का स्पिनर सकिब अल हसनकाे ६ दशमलव ६४ को रेट छ। यस्तै अर्का स्पिनर सुनिल नारायनले ६ दशमलव ४४ को इकनोमी रेटमा बलिङ गरेका छन्।

अर्कोतर्फ केकेआरका भरपर्दो अलराउन्डर आन्द्रे रसेन घाइते हुँदा सकिब हसनले अलराउन्डरको कमी महशुस हुन दिएका छैनन्।

केकेआरका तीन स्पिनर चेन्नईका लागि भारी पर्नसक्ने आकलन गरिएकाेमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीको रणनीति केकेआरलाई भारी पर्नसक्ने आकलन गरिएको छ। यसअघि १३ औँ संस्करणको आईपीएलको अंक तालिकाको पुछारमा रहेको चेन्नई यो पटक फाइनल प्रवेश गरेको हो।

प्रारम्भिक ब्याट्स म्यानमा चेन्नई धेरै निर्भर रहेको पाइन्छ। ऋतुराज गायक्वाड, फ्याप डुप्लेसी र मोहिन अलीको ब्याटिङले चेन्नईको जितलाई निर्धारण गर्नेछ। गायक्वाड र डुप्लेसी यो संस्करणमा धेरै रन बनाउने खेलाडीको शीर्ष पाँचमा छन्। गायक्वाड हालसम्म ६ सय ३ रन बनाएर धेरै रन जोड्ने खेलाडीको दोस्रो स्थानमा छन्। उनी अगाडि दिल्लीका शिखर धवनको ६ सय २६ रन रहेको छ। आजको प्रतियोगितामा थप २४ रन जोडेको अवस्थामा गायक्वाड शिर्ष स्थानमा पुग्नेछन्।

यस्तै डुप्लेसी ५ सय ४७ रन जोड्दै अंक तालिकाको चौथौ स्थानमा छन् भने अलीले हालसम्म ३ सय २० रन जोडेका छन्।

यसरी हेर्दा चेन्नई र केकेआरबीचको याे खेललाई ब्याट्सम्यान भर्सेस स्पिनरका रुपमा पनि लिन सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved