शुभसाइत पारेर देशैभर विजयादशमीकाे टीका लगाउन शुरु

नेपाल भ्युज

शुभसाइत पारेर देशैभर विजयादशमीकाे टीका लगाउन शुरु

काठमाडौं । बडादशैंको शभसाइतसँगै घरघरमा दशैंको टीका लगाउन थालिएको छ। मान्यजनबाट टीका तथा जमरा लगाउने क्रम शुरु भएको हो। नेपाल पाञ्चाङ्ग निर्णयक समितिले १० बजेर २ मिनेटमा उत्तम साइत रहेको बताएको थियो।

यस्तै नेपालीहरूको महान् चाड बडादशैंको दसौँ अर्थात् मुख्य दिन आज बिहान ८ बजेर १९ मिनेटमा २१ असोजमा   घटस्थापना गरी पूजा अराधना शुरु गरिएको नवदुर्गा देवीलाई विधिपूर्वक विसर्जन गरिएको छ।

देवी बिजर्सजनका लागि बिहान ८ बजेर १९ मिनेटको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जाकारी दिएका थिए। यसै साइतमा हनुमानढोका दरबार दशैं घरमा देवी बिसर्जन गरिएको छ। यसैगरी घर घरका पूजा कोठा एवं दशैं घरमा पनि देवी बिसर्जनपछि दशैंको टीका थाप्ने क्रम चलेको हो।

विजयादशमीका दिन आज देवी बिसर्जनअघि बिहान शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीसहित जया, विजया, अजिता, अपराजिता गरी १३ देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved