नवरात्रमा १९ हजार बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

नेपाल भ्यूज

नवरात्रमा १९ हजार बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

फुङ्लिङ। ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन्।

नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन्।

नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन आज पूजापाठ समय अवधिसम्ममा १९ हजार ७५० जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकले जनाएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार नेपालको दार्चुला जिल्लादेखि भारतको दार्जिलिङ र सिकिमसम्मका तीर्थ यात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेका छन्। नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिन (आज)सम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको घुइँचो लाग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

नवरात्रको पहिलो दिन अर्थात् बुधबार २५० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीले जनाएको छ। बिहीबार आठ सय २५, शुक्रबार एक हजार ६५५, शनिबार छ हजार २५, आइतबार एक हजार एक सय ९५, सोमबार दुई हजार, मङ्गलबार दुई हजार दुई सय र आज एक हजार एक सय जान तीर्थ यात्रीहरुले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीका प्रहरी इन्र्चाज लोकबहादुर थापाले बताए।

कोरोनाको कारण नौ महिना देखि बन्द पाथीभरा मन्दिर गत भदौदेखि मात्र खुलेको थियो। पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थयात्रीहरुको चहलपहल बढ्न थालेको हो। पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीहरुको भीडभाड बढेसँगै यातायाता व्यवसायी, होटल व्यवसायी र तीर्थयात्री सहयोगीहरु उत्साहित भएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved