एजेन्सी। इन्डियन प्रिमियम लिग (आईपीएल) को फाइनलमा कोलकत्ता नाइट राइडर्स (केकेआर) प्रवेश गरेको छ। बुधबार भएको खेलमा दिल्ली क्यापिटल (डिसी) लाई पराजित गर्दै केकेआरले फाइनलमा स्थान पक्का बनाएको हो।
२० ओरबको खेलमा डिसीले दिएको १ सय ३६ रनको लक्ष्यलाई केकेआरले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टाएको हो। यसअघि दिल्लीले ५ विकेटको क्षतिमा १ सय ३५ रन जोडेको थियो। दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३६ रन जोडेका थिए। यस्तै डिसीका पूर्व कप्तान श्रेयस अैयरले ३० रन जोड्दा ओपनर पृथ्वी शाह र मार्क स्टोइनसले समान १८ रन जोड। अैयर नट आउट रहे। मध्यक्रममा ब्याट्सम्यान चल्न नसक्दा दिल्ली सस्तैमा समेटिएको थियो। दिल्लीका कप्तान रिसव पन्तले ६ रन मात्रै जोड्न सफल भएका थिए।
यता केकेआरका बलर वरुण चक्रवर्तीले ४ ओबरमा २६ रन खर्चिएर २ विकेट लिँदा लकी फार्गनसन र शिवम् मावीले समान १ विकेट लिए। चक्रवर्तीले दिल्लीका शुरुवाती ब्याट्सम्यान धवन र शाहलाई पेविलियनको बाटो देखाउँदा केकेआरका अर्का बलर फार्गनसनले कप्तान पन्तलाई राहुल त्रिपाटीको हातबाट क्याच्च गराए।
१ सय ३६ रनको लक्ष्य सहित ब्याटिङमा आएको केकेआरका ओपनर सुमन गिल र वैङकटेस अैयरले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे। गिलले ४६ बल खेल्दै ४६ रन नै जोडेका थिए भने अैयरले ४१ बलमा ५५ रन बनाएका थिए। दिल्लीका लागि स्पिनर रविचन्द्र अश्विन, फाष्ट बलर कागिसो रवाडा र एन्रिस नोटगिच्चले समान दुई–दुई विकेट लिएका थिए।
यसअघि केकेआरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिलो प्ले अफमा रोयल च्यालेन्जस् बेङलोरलाई पराजित गरेको केकेआरले दोस्रो प्ले अफमा दिल्लीलाई पराजित गरेको हो। आफूले खेलेको पहिलो प्ले अफमा चेन्नईसँग पराजित भएको दिल्ली दोस्रो प्ले अफमा जित निकाल्दै फाइनल प्रवेश गर्ने दाऊमा थियो।
योसँगै १४ औँ संस्करणको आईपीएलको फाइनल समिकरण पुरा भएको छ। आईपीएलको तीन पटकको च्याम्पियन चेन्नईसँग दुई पटकको च्याम्पियन केकेआर शुक्रबार उपाधिका लागि भिड्ने छ।
यसअघिको १३ औँ संस्करणको फाइनलमा दिल्ली मुम्बईसँग पराजित भएको थियो।