काठमाडौँ । साफ च्याम्पियनसिपको समुह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोली बंगलाबदेश विरुद्धको पहिलो हाफमा नेपाल १ गोलले पछि परेको छ। पहिलो हाफसम्मको खेल सकिँदा बंगलबादेशसँग नेपाल १–० ले पछि परेको हो।
खेलको आठौँ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। टोलीका लागि सुमन रेजाले हेडमार्फत आर्कषक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। जुमाल भुयाँले नेपाली पोष्टमा प्रहार गरेको बल रिबाउन्डमा फर्किदा अनमाकए रहेका सुमनले बल नेपाली पोष्टमा छिराएका थिए।
बुधबारको खेल जिते अथवा बराबरीमा रोके पनि नेपाल सार्फ च्याम्पियनको फाइनल प्रवेश गर्नेछ। समुह चरणका दुई खेलमा आयोजक माल्दिभ्स र श्रीलंकालाई हराएको नेपाल भारतसँग भने पराजित भएको थियो।
यस्तै फाइनल प्रवेशका लागि बंगलादेशलाई भने नेपालसँगको खेल जित्नै पर्ने दबाब छ। यस्तै आजै हुने दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्नेछ। उक्त खेलको विजेता फाइनल प्रवेश गर्नेछ भने बारबरी भएको स्थितिमा आयोजक माल्दिभ्सले फाइनसमा आफ्नो स्थान पक्का बनाउनेछ।
यसअघि मंगलबार आयोजना गरिएको प्रिम्यार्च प्रेसमिटमा नेपालका प्रमुख प्रशिक्षक अनुपस्थित हुँदा उनले विपक्षि टोलीसँग दिमागी खेल खेलेको चर्चा भएको थियो।
Facebook Comment
Comment