महाअष्टमीमा राष्ट्रपतिले गरिन् शक्तिपिठहरूको दर्शन

नेपालभ्युज

महाअष्टमीमा राष्ट्रपतिले गरिन् शक्तिपिठहरूको दर्शन

काठमाडौं। नेपालीहरूको महान चाड बडादशैको आठौं दिन महाअष्ठमीका अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले विभिन्न शक्तिपिठको दर्शन गरेकी छन्।

उनले बुधबार काठमाडौंका नक्साल भगवती, मैतीदेवी, भद्रकाली, काभ्रेको पलाञ्चोक भगवती लगायतका शक्तिपिठको दर्शन गर्नुका साथै पूजाअर्चना गरिन्।

राष्ट्रपतिले विभिन्न शक्तिपिठको दर्शन गर्दा सडकमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाष्टमीको दिन विशेष भक्तिपूर्वक पुजाआजा गरिन्छ । मध्यरातमा बलिसहित कालरात्रिको पूजा गर्ने चलन रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved