दशैंका लागि काठमाडौं ल्याइएका १५ खसी बाटैमा मरे

नेपालभ्युज

दशैंका लागि काठमाडौं ल्याइएका १५ खसी बाटैमा मरे

काठमाडौं। दशैंका लागि काठमाडौं ल्याउँदा ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिएका छन्। क्लिन नेपालका सञ्चालक पदम थापाका अनुसार मंगलबार ७ र बुधबार बिहान ८ ओटा खसी बजारबाट लगेर गाडिएका हुन्।

कंलकीबाट खसी मरेको खबर आएपछि व्यवस्थापन गरिएको थापाले बताए। ‘‘हामीलाई कलंकीबाट चाहिँ खबर आउँछ अरुतिर पनि खसी बजार छन् ती बजारबाट चाहिँ खवर आएको छैन,’’ थापाले भने, ‘खबर आउनेवित्तिकै हामीले टोली पठाएर मृत चौपाया उठाएर गाड्न ल्याउने गरेका छौँ।’

कोभिडका अनुसार गएका दुई वर्ष बजारमा खासै चहलपहल नभएको जानकारी उनले दिए। २०७६ सालमा क्लिन नेपालले ५० ओटा मरेका  भेडा, च्याङ्ग्रा, खसी, बोका  गाडेको उनले बताए।

काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र बागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर खसीबोकाको परीक्षण तथा अनुगमन गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved