पोर्चुगलले लक्जेमबर्गलाई ५-० गोलले हरायो, रोनाल्डोको ह्याट्रिक

नेपालभ्युज

पोर्चुगलले लक्जेमबर्गलाई ५-० गोलले हरायो, रोनाल्डोको ह्याट्रिक

एजेन्सी। विश्वकप छनोट खेलमा पोर्चुगलले लक्जेमबर्गलाई ५-० गोलले हराएको छ। २०२२ को विश्वकप छनोटको ‘ग्रूप ए’को खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डाको ह्याट्रिकले जित हात पार्यो।

पोर्चुगलको जितमा पहिलो हाफमा पेनाल्टीमार्फत २ गोल गरेका रोनाल्डोले खेलको अन्तिमममा अर्को गोल गरी ह्याट्रिक गरेका थिए।

ब्रुनो फर्नान्डेस र जोआओ पाल्हिन्हाले एक एक गोलको योगदान दिए।

रोनाल्डोको करियरमा देश र क्लबका लागि गरेको यो ५८ औँ ह्याट्रिक हो। साथै उनले ३ गोलसँगै पोर्चुगलका लागि ११५ गोल पूरा गरेका छन्।

३६ वर्षीय रोनाल्डो पछिल्लो महीना आईआरएनका अली दायको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय १०९ गोलको रेकर्ड तोडेका थिए।

यो जितपछि ६ खेलमा १६ अंकसहित पोर्चुगल छनोट खेलको ‘ग्रूप ए’को दोस्रो स्थानमा छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved