मनाइयो खड्ग जात्रा

नेपालभ्युज

मनाइयो खड्ग जात्रा

काठमाडौं। कोरोनाका कारण गत वर्ष रोकिएको पाटन दरबार क्षेत्रमा संचालन हुने पायः खड्ग जात्रा यसवर्ष मनाइएको छ।

झाँकी सहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई विधिपूर्वक सबै भन्दा पुरानो जात्रा पायोँ अर्थात् खड्ग जात्रा सम्पन्न गरिएको हो। घटस्थापनादेखि विधिवत रुपमा शुरु भए पनि यो जात्राको मुख्य विधि फूलपातीका दिन गरिन्छ।

जात्रा सम्पन्न गर्न विभिन्न ३२ खलक आवश्यक पर्छ। जसमा ठेचोको नवदुर्गा नाच, पाटन दरबार क्षेत्रको लिच्छविकालीन मनमानेश्वरी देवी संचालन गुठी ‘मू छेँ आँगन घर’, पाटन नकबहिल टोलको अष्टमात्रिका नाच, काः मंका गुठी च्यासल, मुहाली, खड्गी खलक, बौ छाय्गु गुठी, धौगुः खलः, कायगु ननीका गुठियारलगायत चाहिन्छ।

विभिन्न कारणले रोकिएको जात्रा २०७५ मा २३ वर्षपछि पुनः संचालनमा आएको थियो भने २०७६ मा पाटन पटुको टोलमा ४० वर्षपछि नवदुर्गा नाच पुनःसंचालनमा आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved