रोल्पामा आफ्नै भाइले गरे दाइको घाँटी रेटी हत्या

नेपाल भ्यूज

रोल्पामा आफ्नै भाइले गरे दाइको घाँटी रेटी हत्या
सांकेतिक तस्वीर

रोल्पा। रोल्पामा आफ्नै भाइले दाइको घाँटी रेटी हत्या गरेका छन्।

रोल्पा नगरपालिका-६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।

“हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो”, सुवेदीले भने। उनका अनुसार अमराज आफैले पनि हत्या गरेको स्वीकारी सकेका छन्। प्रनाउ सुवेदीले भने, “राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको हत्या गरेको प्रहरी जानकारी दिएको छ।”

पारिवारिक विवादका कारण हत्या गरेकोे बताइएको छ। कर्तव्य ज्यान मुद्दा शीर्षकमा हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने प्रनाउ सुवेदीले बताए। मृतक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएको समेत स्थानीयवासीले बताएका छन्।

मृतककी श्रीमतीको पहिले नै मृत्यु भइसकेको छ। दुई छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएको बताइएको छ। मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved