थप सात सय ९२ जनामा संक्रमण पुष्टि

नेपालभ्युज

काठमाडौं। नेपालमा थप सात सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सात हजार ६० पीसीआर परीक्षणका क्रममा ६ सय ९१ जनामा संक्रमण देखिएको हो। त्यसैगरी दुई हजार पाँच सय ५९ एन्टीजेन परीक्षणका क्रममा एक सय एक जनामा कोरोना पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख ९६ हजार सात सय ६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म ११ हजार दुई सय ५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

थप नौ सय १० संक्रमित निको हुँदा हालसम्म सात लाख ७७ हजार सात सय ४१ संक्रमित निको भएका छन्। हाल १४ हजार पाँच सय ५४ सक्रिय संक्रमित आइसोलेसन र दुई सय ३१ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved