मुगुमा बस दुर्घटना : २२ को मृत्यु

नेपालभ्युज

मुगुमा बस दुर्घटना : २२ को मृत्यु
सांकेतिक तस्वीर

मुगु। मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। नेपालगञ्जदेखि मुगु आउँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिकामा दुर्घटना भएको नगर उपप्रमुख सुन्तला रोकायाले बताइन्।

उनका अनुसार बसमा दशैं मनाउन घर फर्किदै गरेका करीब ७० जना यात्रु रहेका थिए। २२ जनाको घटनास्थलमै मृत्यु भएकोमा बाँकीको उद्वार कार्य भइरहेको जानकारी उनले दिइन्।

उद्वारका लागि प्रहरी र स्थानीयबासी खटिएका छन्।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको उपाध्यक्ष रोकायाले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved