क्रिकेट प्रतिष्ठान खोल्दै पारस खड्का

नेपालभ्युज

क्रिकेट प्रतिष्ठान खोल्दै पारस खड्का

काठमाडौं। गत १९ साउनमा अन्तर्राष्टिट्रय क्रिकेटबाट अप्रत्याशित रूपमा सन्यास लिएका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले क्रिकेट प्रतिष्ठान खोल्ने भएका छन्।

उनले आज (मंगलबार) सामाजिक सञ्जालमा छिट्टै क्रिकेट प्रतिष्ठान खोल्ने जानकारी दिएका हुन्।  ‘‘सपनालाई यथार्थमा बदल्दै,’’ उनले लेखेका छन्। खड्काले खोल्न लागेको प्रतिष्ठानको नाम ‘क्रिकेट एक्सिलेन्स सेन्टर’ को नाम दिएका छन्।

गत वर्ष फागुनमा एसीसी एशिया कप छनोटमा थाइल्याण्डसँगको खेल खेलका उनी त्यसपछि मैदानमा देखिएनन्। घरेलु क्रिकेट खेल खेल्ने बताएपनि लामो समयदेखि नेपाली क्रिकेट प्रेमीले उनलाई मैदानमा देख्न पाएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved