एमालेले संसदमा भन्यो –‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’

प्रतिनिधि सभाको बैठक कात्तिक ९ सम्म स्थगित

नेपालभ्युज

एमालेले संसदमा भन्यो –‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’
फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी कात्तिक ९ गतेसम्मका लागि स्थगित गरिएको छ। सोमबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले नियुक्त गरेका नयाँ मन्त्रीहरूको सूचीबारे जानकारी गराएका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद् अवरोधकाबीच सभामुख सापकोटाले मन्त्रीहरूको नियुक्तिबारे जानकारी गराए । त्यसै गरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले मधेसी आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेश गरेका थिए

एमालेले रुपन्देहीको मोतीपुरमा सुकुम्वासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ । यसअघि लगातार संसद अवरोध गरिरहेका एमाले सांसदहरूले सोमबार पनि जारी राख्दै ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ लगायतका नारा लगाए ।

आइतबार रुपन्देहीको मोतीपुर क्षेत्रमा प्रहरी र अतिक्रमणकारीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो । केही सुरक्षाकर्मी घाइते भएका थिए । राष्ट्रियसभामा पनि एमालेले मोतीपुर घटनामा प्रहरी दमनको विरोध गर्दै सरकारसँग जवाफ मागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved