डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा पनि विस्तार

नेपालभ्युज

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा पनि विस्तार

काठमाडौँ। देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरी सकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेर हालै भरतपुर महानगरपालिका, रत्न नगर नगरपालिका, खैरेनी नगरपालिका र गैँडाकोटमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले दिए ।

उनले भने ‘‘नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपूर, बिर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लहान, भैरहवा पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिट्टै नेपालगन्ज र धनगढीमा पनि पुग्दैछ। ’’

अब ग्राहकहरूलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक मात्र रु ८ सय ९९ रुपैयाँ मानै एक सय एमबिपिएस इन्टरनेटको मज्जा फाइभ जी ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् ।

रमाइलो पर्वको मौसममा थप खुसीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागु हुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट ‘लक्की ड्र’मार्फत गरिने छ । ‘लक्की ड्र’को प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुने छ ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलरलाई सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved