मनोज गजुरेलले गरे दोस्रो बिहे

नेपालभ्युज

मनोज गजुरेलले गरे दोस्रो बिहे

काठमाडौं। हाँस्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गरेका छन्। उनले आज डोलेश्वर महादेवमा आफन्तहरूको उपस्थितिमा मन्जु पोखरेलसँग लगनगाँठो कसेका हुन्।

‘‘असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्‍यौँ त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौं,’’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‘अनि सपरिवार मानवसेवा आश्रम कौशलटारमा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ।’’

गजुरेलले २०७४ माघमा पहिलो श्रीमती मीना ढकालसँगको २२ वर्ष लामो सम्बन्ध कानूनी रुपमा टुंगाएका थिए।  त्यसयता एक्लै बस्दै आएका उनले गत वर्ष मंसिरमा आफू प्रेम सम्बन्धमा रहेको संकेत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved