स्यान्डविचमा मेमोरी कार्ड राखेर आणविक हतियारको सूचना बेच्ने जोडी पक्राउ

नेपालभ्युज

स्यान्डविचमा मेमोरी कार्ड राखेर आणविक हतियारको सूचना बेच्ने जोडी पक्राउ

काठमाडौं। अमेरिकी नौसेनाका आणविक इन्जिनियर र उनकी पत्नी गोप्य सूचना बेच्ने प्रयास गरेको आरोपमा पक्राउ परेका अमेरिकाको डिपार्टमेन्ट अफ् जस्टिसले जानकारी दिएको छ।

१० अक्टोबरमा सार्वजनिक गरिएको सूचनाअनुसार जोनाथन टोइब्बे र उनकी पत्नि डायना टोइब्बे ‘आणविक ऊर्जा कानून’ उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन्। आणविक शक्तियुक्त युद्धपोतको डिजाइन विदेशी शक्तिलाई भेट्ने प्रयास गरेको आरोप उनीहरूलाई लगाइएको छ।

अमेरिकाको संघीय गुप्तचर ब्युरो (एफबीआई)ले जनाएअनुसार यो किनबेच अप्रिल २०२० मा शुरु भएको थियो। जोनाथन टोइब्बेले नौसेनाका सूचनाहरू विदेशी सरकारलाई पठाएका थिए।

विदेशस्थित एफबीआईको कार्यालयले गत डिसेम्बरमा उक्त प्याकेज पाएको थियो जसमा पिटसवर्गको फिर्ती ठेगाना थियो। त्यसपछि एक महिना लामो गोप्य कारबाही शुरु गरियो। उक्त कारबाहीमा एक जना गुप्तचरले विदेशी सरकारको प्रतिनिधि बनेर क्रिप्टोकरेन्सी मार्फत हजारौं डलर दिने प्रस्ताव गरे।

गत जुनमा ती गुप्तचरले क्रिप्टोकरेन्सीमार्फत १० हजार डलर टोइब्बेलाई पठाए। त्यसको अर्को हप्ता टोइब्बे वेस्ट भर्जिनिया आइपुगे। त्यहाँ उनकी पत्नीले उनलाई सघाइरहेकी थिइन्।

एफबीआईका गुप्तचरले पिनट बटर स्यान्डविचका दुई ब्रेडको बीचमा प्लास्टिकमा बेरेर राखिएको नीलो मेमोरी कार्ड भेटाएका थिए। एफबीआईले त्यो मेमोरी कार्डका लागि २० हजार डलर तिरेको थियो। उक्त मेमोरी कार्डमा पनडुब्बी जहाजको डिजाइन समेटिएको थियो। त्यो पनडुब्बी आणविक हतियारयुक्त थियो।

एजेन्सीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved