काठमाडौं। पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी गठन गर्ने घोषणा गरेका हुन्।
प्रमुख दलहरू कांग्रेस, एमालेसहितका दलहरूले देशलाई केही दिन नसकेको बताउँदै खरेलले देश बनाउने अभियान सहित आफू राजनीतिमा आउन लागेको बताए।
पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने योजना रहेको बताउँदै उनले त्यो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रिया अघि बढ्ने जानकारी उनले दिए।
उनले आफ्नो पार्टी नेतृत्व तहमा पुगे भ्रष्टाचार र अपराध गर्ने जो कोहीलाई कानूनी दायरमा ल्याइ कारबाही गर्ने बताए।
सिंहदरबारदेखि गाउँसम्मै भ्रष्ट प्रवृत्ति रहेको बताउँदै उनले घूसबिना कुनै पनि अड्डामा काम नहुने अवस्था रहेको उनको भनाइ थियो।। नराम्रा मान्छेहरू संगठित भएर देश लुटिरहेको बताउँदै खरेलले राम्रा मान्छे एकजुट भए पाँच वर्षमा देशमा कायापलट हुने दाबी गरे ।
खरेल २९ वर्ष नेपाल प्रहरीमा थिए। सर्वेन्द्र खनाललाई सरकारले प्रहरी महानिरीक्षक बनाएपछि उनले डिआइजी पदबाट राजीनामा दिएका थिए।