गण्डकी प्रदेशका तीन दशमलव ४३ प्रतिशत नागरिक अझै निरक्षर

प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेपनि त्यहाँ अझै तीन दशमलव ४३ जना निरक्षर छन्।

नेपालभ्युज

गण्डकी प्रदेशका तीन दशमलव ४३ प्रतिशत नागरिक अझै निरक्षर

काठमाडौं। गण्डकी प्रदेशमा तीन दशमलव ४३ प्रतिशत नागरिक अझै निरक्षर रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरा पुगेर गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेपनि त्यहाँ अझै तीन दशमलव ४३ जना निरक्षर छन्।

१५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएमा प्रदेश, जिल्ला वा स्थानीय तहलाई साक्षर घोषणा गर्न सकिने नीति छ। सो नीति अनुसार साक्षर प्रदेश घोषणा गरिएको प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उप–सचिव तथा प्रवक्ता दामोदर सुवेदीले बताए।

प्रदेशको हालको औसत साक्षर दर ९६ दशमलव ५७ प्रतिशत छ। उनी भन्छन्, “प्रदेशका ११ जिल्ला जिल्लागत रुपमा साक्षर घोषणा भइसकेका छन्।”

प्रदेशका ११ जिल्लामध्ये नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन्। भने लमजुङमा सबैभन्दा कम ९५ दशमलव ५ प्रतिशत मात्रै नागरिक साक्षर छन्। गोरखा ९७ दशमलव दुई, मुस्ताङ ९६ दशमलव ३५, स्याङ्जा ९६ दशमलव १६, कास्की ९६, तनहुँ ९६ दशमलव चार प्रतिशत नागरिक साक्षर छन्। त्यस्तै, बागलुङ ९६ दशमलव ५७, मनाङ ९६ दशमलव नौ, म्याग्दी ९६ दशमलव २७ र पर्वत ९६ दशमलव ९३ प्रतिशत नागरिक साक्षर छन्।

प्रदेशमा सबैभन्दा पहिला मुस्ताङ ३१ असार ०७१ मा र सबैभन्दा अन्तिममा पर्वत १८ माघ ०७४ मा साक्षर जिल्ला घोषणा भएको थियो ।
प्रदेशका ११ ओटै जिल्ला साक्षर घोषणा भएको लामो समयपछि प्रदेशलाई साक्षर घोषणा गरिएको प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उप–सचिव तथा प्रवक्ता दामोदर सुवेदी बताउँछन्। उनी भन्छन्, ‘‘प्रदेशलाई गत वर्ष नै साक्षर घोषणा गर्ने योजना भए पनि कोरोनाका कारण पछि धकेलीएको हो। ’’

प्रधानमन्त्री देउवाले शुक्रबार पोखरा पुगेर प्रदेश संग्राहलयमा रहेको साक्षरता स्तम्भको अनावरण गरेका हुन्। त्यसपछि पोखरा सभा गृहमा साक्षर र घोषणा समारोहमा सहभागी भई प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका हुन्। पूर्ण साक्षर प्रदेश बनाउनमा लागी निरन्तर शिक्षाका कार्यक्रमहरू मार्फत साक्षर गर्दै लैजाने रणनीति बनाएका छौँ।

उप–सचिव तथा प्रवक्ता दामोदर सुवेदी “त्यस अनुरूप अब प्रौढ शिक्षा सम्बन्धी कार्यक्रमहरू बन्द गरी प्रविधिमैत्री साक्षरता र निरन्तर शिक्षाका कार्यक्रम चालु वर्षबाट नै गर्ने तयारी भइरहेको छ।”

यसअघि बाग्मती प्रदेशलाई साक्षर प्रदेश घोषणा भएको छ। प्रदेशका १५ देखि ६० वर्ष उमेर समूहको साक्षरता दर ९७ दशमलव ३५ प्रतिशत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved