मनसुन बहिर्गमन हुने मिति तोक्न सकस

हिले दशैं हुने सम्भावना छैन : मौसमविद्

नेपालभ्युज

मनसुन बहिर्गमन हुने मिति तोक्न सकस
सांकेतिक तस्बिर

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले शुक्रबार २२ असोजदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशमा मनसुन बिदा भएको घोषणा गर्‍यो। अन्य प्रदेशबाट पनि छिट्टै मनसुन बहिर्गमन हुने विभागको विश्लेषण थियो।

शनिबार २३ असोजमा मकवानपुरमा ५७ र भक्तपुरमा १६ मिलिमिटर वर्षा भयो। नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, संखुवासभालगायत भेगमा पनि मध्यम वर्षा दोहोरिएपछि देशभरबाट मनसुन बहिगर्मन हुने मिति तोक्न जल तथा मौसम पूर्वानुमान महाशाखालाई हम्मे परेको छ।

बंगालको खाडीबाट भित्रिएको जलवाष्प र स्थानीय वायुको दोहोरो प्रभावले मध्यम र भारी वर्षा भएको महाशाखाका अधिकारी बताउँछन्। “बागमती प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा भएकाले बहिगर्मन गमन घोषणा गर्न केही दिन कुर्नैपर्ने भयो”, मौसमविद् निराजन सापकोटाले नेपालभ्यूजसँग भने।

अब नियमित र भारी वर्षाको सम्भावना नरहेको उल्लेख गर्दै उनले भने, “अहिलेको मौसमी अवस्था विश्लेषण गर्दा दशैं हिले हुने सम्भावना छैन।” स्थानीय वायुको प्रभावले मंगलबारसम्म देशैभरका पहाडी भेगमा मौसम धुमिने, हल्का र छिटपुट वर्षाका गतिविधि दोहोरिने महाशाखाको ठहर छ।

अंग्रेजी महीनाको जुन १३ देखि अक्टोबर २ नेपालको मनसुन क्यालेण्डर हो। ढिलै गरी मनसुन बाहिरिन थालेपछि विभागले यस वर्षदेखि मनसुन क्यालेण्डर हेरफेर गरेको छ। गत वर्षसम्म नेपालको मनसुन क्यालेण्डर जुन १० देखि सेप्टेम्बर २३ सम्म थियो।

मनसुन आगमन र बहिर्गनका आधारमा नेपालमा सक्रिय वर्षाको अवधि एक सय १२ दिन हाराहारी हुने विभागको विश्लेषण छ। यसपटक गत २८ जेठ मा मनसुन भित्रिएको थियो। गत वर्ष ३० असोजमा मात्रै नेपालबाट मनसुन बहिगर्मन भएको विभागले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved