‘महानायक’ विवादमा सलोन बस्नेतले माफी मागे

नेपालभ्युज

‘महानायक’ विवादमा सलोन बस्नेतले माफी मागे

काठमाडौं । पछिल्लो केही दिनयता नेपाली सिने क्षेत्रमा महानायक को भन्ने विषयमा कलाकारहरू विवादमा उत्रिन थालेका छन्।

चर्चित पुराना नायक भुवन केसीदेखि शिव श्रेष्ठ अनि गौरी मल्लले ‘महानायक को’ भन्ने लफडालाई मलजल गरेका थिए। यस्तैमा फिल्म निर्देशक शोभित बस्नेतका छोरा कलाकार सलोन बस्नेतले महानायकबारे आफूले पहिला बोलेका भाषाबारे माफी मागेका छन्।

उनले केही दिनअघि एक अन्तर्वार्ताका क्रममा महानायकको परिभाषा के हो भन्दै विषय उठाएका थिए। तर उनले आज फेसबुकमार्फत ‘माफ गरिदिनुस् नेपाली जनता’ लेखेका छन्।

उनले लेखेका छन्, ‘समय विडम्बनाको थियो म अल्मलिएका थिए र बुझ्न सकिन।मेरो हुर्काइ यही ठाँउमा भयो। म तिनै इतिहासका मायामा बड्दै गए। म बुझ्न सक्ने हुनु भन्दा अगाडी नै एक महान ब्यक्तिले ूनेपालीबाबुू नामक सिनेमा मार्फत सिनेमा संसार बुझाई दिनु भयो। ूकर्मू नामक सिनेमा मा काम गर्दा आफ्नो बुवा हुदा हुदै अर्का महान हस्तिका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाको लागि गरिने त्याग र यसको महत्व बुझाए। जिवनमा सबैभन्दा बढी सिनेमा ९कर्णवीर,ठूले, आशीर्वाद,हामी तीन भाइ, अनमोल आदि०, सिनेमा जगतकै सबै भन्दा सफल अग्रझ ब्यक्ति सँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका शिप सिक्न पाएँ । मेरो पिढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफु। मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर। 

आफूले हडबडमा बोलेको भन्दै उनले अहं,गर्व, धर्म, आफ्नो सबै काम फिल्मबाटै सिकेको भन्दै ती मुहारहरूलाई (शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल) लाई १, २ र ३ गरेर छुट्याउनु आफ्नो हैसियतभन्दा धेरै माथि भएको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved