उद्योगमन्त्री हमालद्वारा राजीनामा घोषणा

नेपालभ्युज

उद्योगमन्त्री हमालद्वारा राजीनामा घोषणा

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा घोषणा गरेका छन्।

गैरसांसदलाई मन्त्री बनाइएको विषयलाई लिएर पार्टीभित्र तथा बाहिरबाट चर्को आलोचना हुन थालेपछि उनले राजीनामा दिने बताएका हुन्।टेलिफोन सम्पर्कमा उनले भने, “हो राजीनामा दिने १०० प्रतिशत साँचो हो।”

प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै तीन महीनापछि गरेको मन्त्रिपरिषद् विस्तारमा उनले मन्त्री हुने मौका पाएका थिए। मन्त्री भएको एक हप्ता पनि नबित्दै उनले राजीनामा दिने बताएका हुन्।

संविधानअनुसार राष्ट्रिय तथा प्रतिनिधिसभामा सदस्य नभएको व्यक्ति बढीमा ६ महीना मन्त्री हुन सक्ने व्यवस्था छ। जसलाई टेकेर प्रधानमन्त्री देउवाले उनलाई मन्त्री बनाएका थिए। कांग्रेसका जिल्लास्तरका नेता उनी प्रधानन्यायाधीशका चोलेन्द्र शमशेर राणाका जेठान पनि भएकाले उनको मन्त्री पदलाई प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको आरोप लाग्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved