गजेन्द्र हमाललाई मन्त्री बनाइनु हुँदैनथ्यो : नेता केसी

नेपालभ्युज

गजेन्द्र हमाललाई मन्त्री बनाइनु हुँदैनथ्यो : नेता केसी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले प्रधानन्यायाधीशसमेत जोडिएका कारण गजेन्द्र हमाललाई मन्त्री बनाइनु गलत भएको बताएका छन्। उनले हमाललाई मन्त्री बनाइएको विषयमा प्रधानन्यायाधीशसमेत जोडिएको उल्लेख गर्दै यसमा आफूलाई चित्त नबुझेको बताए।
नेपाली काँग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ ले शनिबार गुह्येश्वरीमा आयोजना गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा केसीले प्रधानमन्त्रीबाट गलत काम भएको जिकिर गरे।

‘‘८४ दिनमा बल्लबल्ल मन्त्रिपरिषद् बनेकोले पूर्णता पाएको छ। सांसद नै नभएको मान्छेको सट्टामा काठमाडौंको एकजना निर्वाचित भएकोलाई पठाइदिएको भए म पनि खुसी हुन्थेँ।  कसैले नचिनेको मान्छे, विवादित मान्छेलाई किन मन्त्री बनाउनु पर्‍यो ?’’ नेता केसीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved