लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग फिर्ता ल्याउन गृहकार्य गर्छुं : रक्षामन्त्री रिजाल

नेपालभ्युज

लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग फिर्ता ल्याउन गृहकार्य गर्छुं : रक्षामन्त्री रिजाल

विराटनगर। नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग फिर्ता ल्याउन गृहकार्य गर्ने बताएका छन्।

शनिवार शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उक्त भूभाग नेपालको स्वामित्वमा ल्याउन काम गर्ने बताए। ‘‘ लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग हाम्रो स्वामित्वको भूभाग हो नेपालको स्वामित्वमा रहन्छ त्यो काम गर्छौं हामी,’’ उनले बताए।

उनले संवैधानिक व्यवस्थाको चिन्ता अझैं पनि रहेको बताए। गठबन्धनबाट बनेको सरकारलाई बलियो बनाउन राष्ट्रिय सुरक्षा सामुहिक सहमतिमा राष्ट्रहितलाई ध्यानमा राखी गरिने उनको उनको भनाइ थियो।

राष्ट्रिय सुरक्षा मस्यौदामा आफूले विगतमा काम गरेको बताउँदै उनले नेपालको सुरक्षा नीति राष्ट्र हितमा भएको दाबी गरे। उनले गठबन्धनको भागबण्डा कसैले पनि आफूलाई हेपिएको अनुभूति नहुने गरी गरिएको बताउँदै सामुहिक सहमतिमा काम गर्ने बताए। उनले राष्ट्रिय सुरक्षा नीति अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेनाको उचाईलाई ध्यानमा राखी नेपाल र नेपालीको हितमा हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved