को हुन् जसपाबाट बनेका चार मन्त्री ?

नेपालभ्युज

को हुन् जसपाबाट बनेका चार मन्त्री ?

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा चार मन्त्री पठाएको छ। शुक्रबार विस्तार मन्त्रिपरिषद्मा जसपाले रेणुकुमारी यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, रामसहायप्रसाद यादव र महिन्द्र राय यादवलाई सरकारमा पठाएको छ।

को हुन् समाजबाट बनेका नयाँ मन्त्री? शुक्रबार जसपाबाट बनेका चार मन्त्रीहरूको परिचयात्मक विवरण यसप्रकार छ।

रेणुकुमारी यादव

जिल्ला/ ठेगाना: राजविराज नगरपालिका, सप्तरी

स्थायी ठेगाना: खडगपुर, सप्तरी

जन्मस्थान/जन्म मिति: २०२० असार ६ गते/भारत

बाबु आमाको नाम: स्व. रामेश्वर यादव/स्व. चिन्तामणि देवी

पारिवारिक विवरण: श्रीमान् स्व. अशोककुमार यादव र एक छोरा

शैक्षिक योग्यता: स्नातक

निर्वाचन प्रणाली: समानुपातिक

राजनीतिक आबद्धता: २०४७ सालमा राजनीतिमा आबद्ध। नेपाली कांग्रेसको महिला संघको अन्य २०४७। नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश र सहायक महामन्त्रीको जिम्मेवारी। मधेस आन्दोलनपछि राप्रपा परित्याग गरी तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश। फोरम नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरणपछि संघीय समाजवादी फोरम नेपालमा केन्द्रीय उपाध्यक्ष। संघीय समाजवादी र नयाँ शक्तिबीच एकीकरणपछि हाल समाजवादी पार्टीमा पनि उपाध्यक्षको भूमिकामा छिन्।

संसदीय यात्रा: प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा सप्तरीबाट राप्रपाका तर्फबाट निर्वाचित। संविधानसभा सदस्य निर्वाचन २०६४ मा सप्तरी ४ बाट फोरम नेपालबाट निर्वाचित। संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद चयन। कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य।

कार्यकारी भूमिका: शिक्षामन्त्री २०६५। महिला बालबालिका तथा समाज कल्याण र विज्ञान तथा वातावरण राज्यमन्त्री २०६०।

राजनीति अधिको पेसा: राजनीतिसँगै कृषि

विशेष रुचिको क्षेत्र: समाजसेवा

भारतमा जन्मिएर वैवाहिक सम्बन्धपछि नेपाल आएकी यादव २०४७ सालदेखि राजनीतिमा सक्रिए छिन्। नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेकी उनले राप्रपा हुँदै हाल समाजवादी पार्टीमा आवद्ध रहेकी छन्। २०४८ मा प्रतिनिधिसभाका लागि उनी स्वतन्त्र उम्मेद्वार बनेर पराजित भएकी थिइन्। ०५६ मा रप्रपाबाट प्रतिनिधिसभामा निर्वाचित यादव २०६४ मा संविधानसभा सदस्य भएकी थिइन्।

 

राजेन्द्रप्रसाद श्रेष्ठ

जिल्ला ठेगाना: काठमाडौं महानगरपालिका १७, क्षेत्रपाटी

जन्मस्थान जन्ममिति: २०१६ चैत १७ गते/ सिन्धुपाल्चोक

बाबु आमाको नाम: पञ्चनारायण श्रेष्ठ/कमलदेवी श्रेष्ठ

पारिवारिक विवरण: श्रीमती र दुई छोरी

शैक्षिक योग्यता: एमबीए

निर्वाचन प्रणाली: समानुपातिक

राजनीतिक आबद्ध: विद्यार्थी जीवनदेखि नै राजनीतिप्रति चासो रहेको। पार्टीगत रुपमा पमा २०३४ सालदेखि आवद्ध। नेकपा (चौम) बाट सक्रिय राजनीतिको प्रारम्भ। २०३९ मा नेकपा (माले) मा भूमिगत रुपमा सक्रिय। मालेबाट काठमाडी नगर समितिको विशेष जिम्मेवारी। जिल्ला कमिटी र उपत्यका विशेष समन्वय समितिमा सक्रिय। २०४९ सालमा नेकपा (एमाले) मा केन्द्रीय कमिटी सदस्य। एमाले परित्याग गरी संघीय समाजवादी पार्टीको संस्थापक महासचिव। हाल समाजवादी पार्टीको सहअध्यक्ष २०७२।

संसदीय यात्रा: मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा सदस्य। संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समाजवादी पार्टीका तर्फबाट समानुपातिक सदस्य। हाल संयुक्त सदनको संसदीय सुनुवाइ समिति र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सदस्य।

विशेष जिम्मेवारी: आवास तथा भौतिक योजना मन्त्री, २०५५

राजनीतिअघिको पेसा: व्यापार।

विशेष रुचिको क्षेत्र: अर्थ व्यवस्थाको अध्ययन, लेखन र संस्कृति संरक्षण।

राजनीतिक घटनाक्रम: राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा।

वामपन्थी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ करिब चार दशकदेखि राजनीतिमा सक्रिय छन्। लामो समयसम्म नेकपा (एमाले) मा सक्रिय रहेका थिए। श्रेष्ठले २०६९ सालमा परित्याग गरी संघीय समाजवादी पार्टीमा आबद्ध भए। अर्थ व्यवस्था र राजनीतिप्रति रुचि राख्ने श्रेष्ठ विश्वका संघीय राज्यहरू, संविधानसभा र नेपालको बाटो नामक पुस्तक (२०६६) प्रकाशित गरेका छन्। समसामयिक राजनीतिक र अर्थ–राजनीतिसँग सम्बन्धित उनका अन्य पुस्तकहरू पनि प्रकाशित छन्।

रामसहायप्रसाद यादव

स्थायी ठेगाना: सिम्रौनगढ नगरपालिका ३, बारा

अस्थायी ठेगाना: शंखमूल, काठमाडौं

जन्मस्थान/जन्ममिति: २०२७ साउन ९ गते/बारा

बाबु आमाको नाम: प्रसादराय यादव/सिंहवादेवी यादव

पारिवारिक विवरण: श्रीमती/दुई छोरा एक छोरी

शैक्षिक योग्यता: बिएस्सी, बिएड (गणित)

निर्वाचन प्रणाली: प्रत्यक्ष (२०७४ बारा २)

राजनीतिक आबद्धता: २०४७ मा नेपाल सद्भावना पार्टीमा आबद्ध। बारामा संघीय समाजवादी फोरमको संस्थापक अध्यक्ष २०६०। नेपाल शिक्षक मञ्चको केन्द्रीय पदाधिकारी। संघीय समाजवादी पार्टी महासचिव २०६५ देखि ०७५ सम्म। हाल समाजवादी पार्टीको महासचिव।
संसदीय यात्रा: २०६४ मा संविधानसभा सदस्यमा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय सम्बन्ध र संविधानसभाको संवैधानिक समिति सदस्य। संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा बारा २ बाट निर्वाचित भई राज्य व्यवस्था तथा सुशासन समिति।
राजनीतिअघिको पेसा: शिक्षण पेसामा १७ वर्ष।

विशेष रुचिको क्षेत्र: कृषि, विकास र राजनीतिक

राजनीतिक घटनाक्रम: राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार तथा अर्धभूमिगत रूपमा राजनीतिमा सक्रिय।

संघ संस्थामा आबद्धता: सरस्वती नवयुवक क्लबको अध्यक्ष।

१७ वर्षको शिक्षण पेसालाई छोडेर राजनीतिमा आएका यादव आफूलाई समानताको पक्षधरका रूपमा परिचित गराउन चहान्छन्। मधेस आन्दोलनपछि राजनीतिमा सक्रिय रहेका यादव संघीय समाजवादी पार्टी नेपालको महासचिव हुँदै हाल समाजवादी पार्टीमा पनि सोही पदमा रहेका छन्।

महिन्द्र राय यादव

जिल्ला ठेगाना: हरिपूर्वा नगरपालिका ९, सर्लाही

स्थायी ठेगाना: वसन्तपुर, सर्लाही

अस्थायी ठेगाना: ललितपुर

जन्मस्थान जन्ममिति: २०११ असार १५ गते/सर्लाही

पारिवारिक विवरण: श्रीमती/तीन छोरा, तीन छोरी

शैक्षिक योग्यता: एसएलसी

निर्वाचन प्रणाली: प्रत्यक्ष (सर्लाही २)

राजनीतिक आवद्धता: २०३७ सालबाट कम्युनिस्ट पार्टीको सदस्यता लिइ राजनीतिक यात्रा प्रारम्भ। नेकपा एमालेमा केन्द्रीय सदस्य र पार्षद। २०६२/०६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी स्थापना र महासचिव। तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टीको स्थापना र नेतृत्व गर्दै हाल राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य।

संसदीय यात्रा: मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार तथा सर्लाहीबाट निर्वाचित। २०६४ को संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित। दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही ४ बाट विजयी। संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सर्लाही २ बाट निर्वाचित। हाल विकास तथा प्रविधि समिति सदस्य।

विशेष जिम्मेवारी: २०५४ सालमा राज्यमन्त्री। २०६४ मा सिंचाइमन्त्री। ०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी।

विशेष रुचि: कृषि र अर्थतन्त्र।

राजनीतिक घटनाक्रम: राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासत तथा थुनामा।

पिछडिएको समुदाय र अल्पसंख्यकको अधिकारका लागि लडिरहने नेताका रूपमा आफूलाई परिचित गराउन चाहने सांसद यादवको राजनीतिक आबद्धता वामपन्थी दलबाट भएको हो। तत्कालीन एमालेबाट दुईपटक सांसद बनेका उनी तीनपटक मन्त्री र एकपटक राज्यमन्त्री भए। २०४८ सालमा नै मानन्धर समूहबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने पनि उनी पराजित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved