सरकारले फिर्ता लियो संघीय निजामती सेवा विधेयक

गत १९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले प्रतिनिधिसभामा उत्पन्न भएर विचाराधिन अवस्थामा रहेको उक्त विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

नेपालभ्युज

सरकारले फिर्ता लियो संघीय निजामती सेवा विधेयक
फाइल तस्वीर

काठमाडौं। सरकारले संसद्मा विचाराधिन अवस्थामा रहेको संघीय निजामती सेवा विधेयक २०७५ लाई फितर्चा लिएको छ।

एमालेको विरोधका बीच चलेको बैठकमा सरकारले प्रतिनिधिसभाको आजको बैठकमार्फत सरकारले विधेयक फिर्ता लिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव राखेका थिए। जुन बहुमतले पारित भएको छ।

गत १९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले प्रतिनिधिसभामा उत्पन्न भएर विचाराधिन अवस्थामा रहेको उक्त विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

सरकारले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १२१(३) बमोजिम विधेयक फिर्ता लिएको हो।

यस्तै, आजको बैठकबाट सरकारले रेल्वे विधेयक २०७६ पनि फिर्ता लिने प्रयोजनमा राष्ट्रियसभाको सहमति पाउनका लागि राखिएको प्रस्ताव पनि पास भएको छ।

प्रतिनिधिसभाको अर्को बैठक २५ असोज सोमबार दिउँसो २ बजे बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved