आईपीएल क्रिकेट

राजस्थानमाथि कोलकाताको सहज जित

गएराति भएको खेलमा कोलकाताले राजस्थानलाई ८६ रनले पराजित गर्यो। जितसँगै कोलकाताले प्ले अफको सम्भावना कायमै राखेको छ।

नेपालभ्युज

राजस्थानमाथि कोलकाताको सहज जित

काठमाडौं। इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रजास्थान रोयल्समाथि जित दर्ता गरेको छ। सारजहाँमा कोलकाताले राजस्थानलाई सहजै पराजित गरेको हो।

सारजहाँ क्रिकेट रंगशालामा गएराति भएको खेलमा कोलकाताले राजस्थानलाई ८६ रनले पराजित गर्यो। जितसँगै कोलकाताले प्ले अफको सम्भावना कायमै राखेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनायो। उसका लागि शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ खेले। भेन्कटेस ऐयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए।

राजस्थानका क्रिस मोरिस, चेतन शाकरिया, राहुल टेवाटिया र ग्लेन फिलिप्सले १÷१ विकेट लिए।

१७२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै मात्रै ८५ रनमा समेटियो। उसका लागि राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए। शिवम् दुबेले १८ रन बनाए।

कोलकाताका लािग शिवम् माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए। राजस्थानमाथिको जितसँगै कोलकत्ता १४ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ। राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved