नेपाली कांग्रेस प्रतिनिधिमण्डल र भाजपा नेताबीच भेटवार्ता

नेपालभ्युज

नेपाली कांग्रेस प्रतिनिधिमण्डल र भाजपा नेताबीच भेटवार्ता

काठमाडौं। दिल्ली भ्रमणमा रहेका नेपाली कांग्रेसका प्रतिनिधिमण्डल र भारतीय जनता पार्टी (भाजपा)का नेताहरु बीच भेटवार्ता गरेको छ। बिहीबार भएको भेटमा दुई पार्टीबीच थप सहकार्य गर्ने तथा दलगत सम्बन्ध अझ उचाइमा पुर्‍याउन सहकार्य गर्नेबारे छलफल भएको बताइएको छ।

नेपाली कांग्रेसका नेताहरु भाजपाको निमन्त्रणमा बिहीबार बिहान दिल्ली गएका हुन्।  उनीहरूले भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नाड्डालगायतसँग भेटवार्ता गरेको हुन्।

‘‘नेपाली कांग्रेसका नेताहरूसँग विभिन्न विषयमा छलफल भएको र सम्बन्ध अझ सुदृढ बनाउनेबारे छलफल भएको छ’’ छलफलपछि ट्विट गर्दै भारतीय जनता पार्टीले भनेको छ।

भेटमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर पनि सहभागी थिए। कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा नेताहरु उदयशमशेर राणा र अजय चौरसिया दिल्लीमा छन्।

नेपाली कांग्रेसका नेताहरूले शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved