खान योग्य खसी बोकाको सिङमा हरियो र अयोग्यमा रातो लगाइने

नेपाल भ्युज

खान योग्य खसी बोकाको सिङमा हरियो र अयोग्यमा रातो लगाइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले बिहीबारदेखि खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण शुुरु गरेको छ। पशु सेवा विभाग र वाग्मती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँगको सहकार्यमा परीक्षण गर्दै खान योग्य खसी बोकाको सिङमा हरियो रंग लगाएको छ। परीक्षणका क्रममा मासु खान अयोग्य अर्थात् बिरामी भेटिएमा सिङमा रातो रङ लगाइन्छ। बिरामी भेटिएका चौपायाको नमुना संकलन गरेर परीक्षण पनि हुनेछ।

काठमाडौं महानगरपालिकाका वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले दशैँ लक्षित चौपाया बजार कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु बाइपासमा परीक्षण भइरहेको बताए। बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर दुई वटा टोली अष्टमीसम्म नियमित परिचालन हुनेछन्।

रोगी पशुपक्षीको ओसारपसार नगर्न, तोकेको स्थानमा मात्र चौपायाको बिक्री वितरण गर्न सबैलाई आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved