शुक्रबारदेखि काठमाडौंमा पर्व लक्षित कोभिड खोप अभियान 

नेपालभ्युज

 शुक्रबारदेखि काठमाडौंमा पर्व लक्षित कोभिड खोप अभियान 
फाइल तस्वीर ।

काठमाडौँ। शुक्रबारदेखि काठमाडौँ महानगरपालिकाले दशैँ पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । कार्यक्रम २४ गते अपराह्नसम्म सबै वडाबाट चल्नेछ ।

जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नगराउन अनुरोध गरिएको छ । साथै १८ बर्ष माथिका सबैका लागि ३ दिने खोप कार्यक्रम चलाउन लागिएको छ । यो पहिलो डोज लिनेका लागि हो । खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ ।

महानगरका ३२ वटा खोप केन्द्रमा खोप लगाउन पाइन्छ । साथै नेपाल प्रहरी अस्पताल, महाराजगन्ज, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved