साफ च्याम्पियनसिप

श्रीलंकासँग पनि बराबरीमा रोकियो भारत

नेपालभ्युज

श्रीलंकासँग पनि बराबरीमा रोकियो भारत

काठमाडौं । साफ च्याम्पियन्सिपमा उपाधिको प्रमुख दाबेदार भारतले श्रीलंकासँग पनि गोलरहित बराबरी खेलेको छ। यसअघि १० खेलाडीमा सीमित बंगलादेशसँग पनि बराबरी गरेको भारत फेरि बराबरीमा रोकिएको हो।

माल्दिभ्समा जारी १३ औं साफमा भारतले यो बराबरीसँगै समूह चरणमा दुई खेलबाट जम्मा दुई अंक मात्र जोड्न सकेको छ। ऊ पाँच देशमा तेस्रो स्थानमा छ। श्रीलंकाले भने यसअघिका दुवै खेल गुमाइसकेको छ। भारतसँग बराबरीपछि उसले एक अंक जोड्न सफल भएको छ।

दुई खेलमा दुवै जित निकालेको नेपाल समूह चरणको शीर्ष स्थानमा छ भने दुई खेलबाट एकमा हार एकमा जित निकालेको बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ। नेपालसँग हारेको आयोजक माल्दिभ्स भने एक खेल खेल्दै अन्तिम स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved