पोखरा पहिलोपटक ईपीएलको फाइनलमा

नेपालभ्युज

पोखरा पहिलोपटक ईपीएलको फाइनलमा

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पहिलोपटक पोखरा फाइनलमा पुगेको छ।

चौंथो संस्करणको उपाधि भिडन्त पक्का गर्न पहिलो क्वालिफायर हारेको पोखराले भैरहवा ग्लाडियटर्सलाई ७ रनले पराजित गर्दै पोखरा फाइनलमा पुगेको हो।

टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेटको क्षतिमा ११९ रन जोड्यो। भैरहवाको तर्फबाट शरद भेषवाकरले ३२, आरिफ शेखले २७ रन र रोहित पौडेलले १८ रनको योगदान गरे।

पोखराले १८.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। पोखराबाट श्रीलंकन खेलाडी सहन आराचिगेले ५३ रन र बिपिन रावलले ४० रनको योगदान गरे।

अब फाइनलका लागि पोखरा शनिबार चितवन टायगर्ससँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved