काठमाडौँ। नेपाल-भारत संयुक्त कार्यदलको सीमापार रेलमार्गको पाँचौं बैठकमा जनकपुर-जयनगर रेल सञ्चालनका लागि बनेको मापदण्डमा दुई देशले हस्ताक्षर गरेका छन्। दुवै पक्षले ३४ किलोमिटर लामो जयनगर-कुर्था सीमापार रेल सञ्चालनका लागि हस्ताक्षर गरेका हुन्।
मापदण्डमा भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा र भारतबाट नेतृत्व गरेका रेलवे मन्त्रालयका ट्राफिक ट्रान्सपोर्टेसनका कार्यकारी निर्देशक डा. मनोज सिंहले हस्ताक्षर गरेका छन्।
नेपालले भारतसँग किनेका दुईओटा रेल नेपाल आएको एक वर्षसम्म पनि सञ्चालन हुन सकेका छैनन्। नेपाल सरकारले ८५ करोड रुपैयाँ लागतमा भारतसँग २ ओटा रेल खरीद गरेको थियो। भारतको सरकारी रेल निर्माता कम्पनी कोन्कन रेलवेले निर्माण गरेका ती रेल नेपाल आएको एक वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन्।
रेल सञ्चालन गर्न नसक्दा एक वर्षदेखि ती रेल त्रिपाल ओढाएर ट्र्याकमा राखिएका छन्।
Facebook Comment
Comment