भृकुण्टीमण्डपमा एमसीसी खारेजीको नारा

नेपालभ्युज

भृकुण्टीमण्डपमा एमसीसी खारेजीको नारा

काठमाडौं। एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रिय झण्डासहित प्रदर्शनमा आएका सहभागीले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए। प्रदर्शनमा सहभागीले एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाहिँदैनलगायत नारा लगाएका थिए।

यसअघि बुधबार परराष्ट्रमन्त्री डा नारायण खड्काले संसदीय समितिमा राष्ट्रिय सहमति र मुलुकको हितमा रहेमात्रै एमसीसीलाई अघि बढाउने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved