रूसी अभिनेत्री चलचित्र छायांकनका लागि अन्तरिक्षमा

नेपाल भ्यूज

रूसी अभिनेत्री चलचित्र छायांकनका लागि अन्तरिक्षमा

एजेन्सी। रुसी अभिनेत्री युलिया पेरेसिल्ड मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेकी छन्। चलचित्र निर्देशक क्लिम शिपेन्कोका साथ उनी आईएसएस पुगेकी हुन्।

उनीहरू आफ्नो आगामी चलचित्र ‘द चेलेन्ज’को एउटा दृश्य कैद गर्न सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट आईएसएस पुगेका हुन्। करीब ३ घण्टाको यात्रापछि उनीहरू त्यहाँ पुगेको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको छ।

पेरेसिल्ड र शिपेन्को आईएसएसमा १२ दिन बिताएर उक्त चलचित्रको दृश्य देखाउनेछन्। जुन बाहिरी अन्तरिक्षमा खिचिएको पहिलो लामो फिचर काल्पनिक चलचित्र हुनेछ।

उक्त चलचित्र अन्तरिक्ष यात्रीको जीवन बचाउनको लागि अन्तरिक्ष प्रस्थान गर्ने महिला डाक्टरको कथामा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved