डिशहोमको रिचार्जमा आकर्षक बोनस

नेपाल भ्युज

डिशहोमको रिचार्जमा आकर्षक बोनस

काठमाडौँ। डिशहोमले दशैँ/तिहारको अवसरमा आकर्षक बोनस योजना ल्याएको छ। कम्पनीले रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरूलाई आकर्षक बोनस दिन शुरु गरेको हो।

यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा २२ सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिनेछ।

योसँगै अब डिशहोमका सेवाग्राहीले मात्र ८ सय ९९ रुपैयाँमा ५ जी ड्युल ब्यान्ड राउटरको सय एमबीपीएस इन्टरनेटको ‘दिमाग हल्लिने अफर’ पनि ल्याएको छ। यो योजना अन्तरगत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू २ हजार रुपैयाँको लालिगा फुटबलको टिकटसहित स्पेन घुम्न जान पाउने छन्।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमका अन्य च्यानलमार्फत प्रशारण हुनेछ।

पछिल्लो समय कम्पनीले देशैभर आफ्नो इन्टरनेट सेवा विस्तार गरिरहेको छ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved