कोरोना अपडेट

थपिए १ हजार ४३ संक्रमित, १२ जनाको मृत्यु

नेपालभ्युज

थपिए १ हजार ४३ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं। नेपालमा बुधबार थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ११ हजार १६५ पीसीआर परिक्षणका क्रममा ८४९ जना र ४ हजार ३०० एन्टीजेन परीक्षणका क्रममा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ८ लाख ९२ हजार २६७ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार १ सय ९२ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै थप ८९१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७२ हजार २९९ जना कोरोनामुक्त भएका मन्त्रालयले जनाएको छ। हाल नेपालमा १६ हजार १ सय ९४ सक्रिय संक्रमित आइशोलेशन र ४ सय ६७ जना क्वारेन्टाइनमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved