माइतीघरमा पत्रकार महासंघको धर्ना

नेपालभ्युज

माइतीघरमा पत्रकार महासंघको धर्ना
फाइल फोटो

काठमाडौँ। श्रमजीवी पत्रकारका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

‘जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासंघ’ भन्ने नाराका साथ महासंघले बुधबार काठमाडौंमा बृहत् ऐक्यबद्धता प्रदर्शन गरेको हो। चाडबाडका बेलासमेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको, कोरोनालाई देखाउँदै सञ्चारगृहबाट पत्रकारलाई निष्काशन गरेको भन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘पेशागत अधिकार रक्षाका लागि आन्दोलन जारी छ,’ ‘हामी पत्रकार चाहन्छौं श्रम अधिकार’, ‘सञ्चारमाध्यमभित्रको श्रम समस्या समाधान गर’ लगायत प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा महासंघका उपाध्यक्ष रमेश विष्टले आन्दोलनको शुरुआत मात्र भएको भन्दै पत्रकारको हकहितका लागि सञ्चारगृहका साथै तिनका सञ्चालकको घरको ढोकामा धर्ना दिने चेतावनी दिए। त्यस्तै महासंघका महासचिव रोशन पुरीले श्रम समस्या सम्बोधनका लागि महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए।

महासंघले पारिश्रमिकसँगै श्रमसँग जोडिएका अन्य समस्या समाधान हुनपर्ने माग सारेको छ। त्यस्तै महासंघले अब पत्रकारको पक्षमा निरन्तर दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ।


Comment

One thought on “माइतीघरमा पत्रकार महासंघको धर्ना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved