काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकले दलबाट प्रतिनिधित्वको गर्ने मन्त्रीहरू छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई वरिष्ठ नेता अशोक राईलाई दिएको छ।
जसपाका कार्यकारिणी सदस्य रामसहाय यादवका अनुसार तीन जना नेताले सरकारमा जानेहरूको अन्तिम टुंगो लगाउनेछ। बैठकमा सदस्यहरूले मन्त्री छान्दा समावेशी, नयाँ अनुहार र क्षमताका आधारमा छनोट गर्न नेतृत्वलाई सुझाव दिएको नेता यादवले बताए।
जसपाले चार वटा मन्त्रालय पाउने टुंगो लागिसकेको छ। जसमा संघीय मामिला तथा सामान्य प्रशासन, कृषि, भौतिक पूर्वाधार र वन तथा वातावरण मन्त्रालय छन्। जसपाले उपसभामुख पाउने चर्चा भए पनि बैठकमा यसबारे कुनै निर्णय नभएको र आफूहरूको जानकारीमा यस्तो कुरा नभएको अध्यक्ष यादवले बताए।
Facebook Comment
Comment