बारामा मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपालभ्युज

बारामा मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बारा। मेगा बैंक नेपाल लिमिटेडले रौतहट र बारामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आधुनिक कृषिका लागि महागढीमाई नगरपालिकाका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण तालीम दिएको हो।

उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा साक्षरता कार्यक्रम संचालन गरी‍ बैंकले ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी दिएको थियो।

बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत तरकारी खेती एवं माछा मासु उत्पादनको पकेट क्षेत्रको रूपमा विकास भएको उक्त नगरपालिकाका किसानहरूलाई व्यवसायीक कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्तरक्रिया पनि गरेको थियो।

कार्यक्रममा मेगा बैंकका विभागीय प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, बिरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ सेवा, वचत, ऋण, रेमिटान्स, वचत गर्ने उपाय, वचत तथा ऋणको महत्व आदि विषयमा जानकारी दिएका थिए।

उर्बर नेपालसँगको सम्झौतापश्चात् मेगा बैंकले ग्रामीण भेगका किसानलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला उद्योगका लागि सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान र कृषकहरूलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ।

उक्त कार्यक्रममा उर्बर नेपालका अध्यक्ष सुदर्शन कार्कीले किसानहरूको उत्पादन उर्बर बजार मार्फत उपभोक्ता समक्ष पहुँच पुर्‍याउने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved