नम्बर प्लेट नभएका २१९ माेटरसाइकल कारबाहीमा

नम्बर प्लेट स्पष्ट नभएका सवारीका कारण दुर्घटना हुँदा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ।

नेपालभ्युज

नम्बर प्लेट नभएका २१९ माेटरसाइकल कारबाहीमा

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नभएका २१९ माेटरसाइकल नियन्त्रणमा लिएको छ। महाशाखाले नम्बर प्लेट बिरुद्धको कारबाही अभियानका क्रममा म्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको हो।

ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकललाई कारबाही गरिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

नम्बर प्लेट स्पष्ट नभएका सवारीका कारण दुर्घटना हुँदा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ। त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको एसएसपी भट्टराईले बताए।

कतिपय त्यस्ता मोटरसाइकलहरू लापरबाहीका साथ चलाउने, ट्राफिक नियम उल्लंघन गर्दै हिँड्ने गरेकोमा हराउँदा समेत फेला पार्न सकस हुने गरेको महाशाखाले जनाएको छ। जसकारण ट्राफिकले यस्ता सवारीसाधनलाई कारबाही गर्दै आएको छ।

नम्बरप्लेट स्पष्ट नभएका मोटरसाइकललाई पाँच सयदेखि १५ सयसम्म जरिवाना गरी छाडिएको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved