क्रिश्चियन पादरीहरूबाट दुई लाख बढी बालकको यौन शोषण

नेपालभ्युज

क्रिश्चियन पादरीहरूबाट दुई लाख बढी बालकको यौन शोषण

७० वर्षदेखि फ्रान्सका पादरीहरूले २ लाख बढी बालबालिकाको यौन शोषण गरेको एक अनुसन्धानले बताएको छ। मंगलबार सार्वजनिक भएको उक्त अनुसन्धान र अनुसन्धानकर्ताले फ्रान्सको क्याथोलिक चर्च यस विषयमा मौन रहेको आरोपसमेत लगाएको छ।

चर्चले वर्षौदेखि यस विषयमा ‘मौनता साधेर क्रूरता प्रर्दशन गरेको छ,’ अनुसन्धान संकलन गर्ने आयोगका प्रमुख जीन मार्क सार्वले प्रणलिगत दुव्र्यवहारका पीडितलाई न्याय दिनुको सट्टामा चर्चले आफ्नो रक्षाका लागि काम गरेको आरोप लगाएका छन्।

यौन शोषणाको शिकार हुनेमा १० देखि १३ वर्षसम्मका बालक रहेको पाइएको हो।

‘लामो समयदेखि यो आरोप खेप्दै आएको क्याथोलिक चर्चको तत्कालका प्रतिक्रिया भनेर संस्थाका रुपमा आफ्नो बचाऊ गर्दै पीडितहरू पनि तथस्टता प्रर्दशन गर्दै क्रुर व्यवहार देखाएको छ,’ रिपोर्टमा उल्लेख छ।

यो अनुसन्धानले सोचिएको भन्दा फ्रान्समा यो समस्या विकराल रहेको देखाएको हो। यसअघि पनि रोमन क्याथोलिक चर्चले बालबालिकाको यौन शोषण गरेको समाचार प्रकाशित भएको थियो।

यता पादरी फ्रान्सीले आफ्नो आवाजलाई बाहिर ल्याएकोमा पीडिहरूको प्रशंसा गरेका छन्। ‘सर्वप्रथम मेरो सहानुभूति ती पीडितलाई जान्छ जसले यो पीडा सहनु परेको छ,’ भ्याटिकनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

फ्रान्सका पादरीहरूका प्रमुख इरिक डे मौलिनले यस घटनाले चर्चहरूलाई शर्मनाक अवस्थामा पुर्‍याएको बताएका छन्। उनले अनुसन्धानलाई ‘बिस्फोटक’ चित्रण गर्दै सम्बन्धित दोषिहरू उपर कारबाहीमा उत्रिने बताएका छन्।

अनुसन्धान समिति सन् २०१८ मा फ्रान्सको क्याथोमिक चर्चले गरेको थियो। समिति गठन गर्नुको प्रमुख उद्देश्य नै आम मानिसमा घट्दै गएको चर्चप्रतिको विश्वास फर्काउनु थियो। यो समितिले चर्चबाट स्वतन्त्र रहेर काम गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved