काठमाडौं। टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होमले दशैंको अवसरमा ग्राहकका लागि विविध अफरहरू ल्याएको छ। ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरूसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको डिश होमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना ल्याएको हो।
असोज ११ गतेदेखि लागु यो योजनाअन्तर्गत डिश होमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन्। साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजार रुपैयाँको लालिगासिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन्।
स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिश होमको अन्य च्यानलहरूमा हुनेछ। यो योजना प्रभु टिभी, सीम टिभी, र डिश होम फाइबर नेटको जडानमा पनि उपलब्ध छ।
लालिगासिजन टिकटमार्फत डिश होम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सक्नेछन्। यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिश होमले प्राप्त गरेको छ।
हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरू भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भइरहेको छ। डिश होमको यस योजनाले ग्राहकहरूलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ।