काठमाडौंमा फेरि बढ्न थाले डेंगुका बिरामी

नेपालभ्युज

काठमाडौंमा फेरि बढ्न थाले डेंगुका बिरामी

काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुको बिरामी बढ्न थालेका छन्।

निरन्तरको वर्षासँगै काठमाडौंमा डेंगुको बिरामीको संख्या बढ्न थालेको हो। डेंगुको बिरामीको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाले सचेतनामूलक कार्यक्रम गर्न थालेको छ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ मा मात्र १० जनालाई डेंगुको संक्रमण देखिएको वडाध्यक्ष कुश ढकालले बताए। कालिकास्थान, घट्टेकुलोलगायत क्षेत्रमा डेंगुको जोखिम देखिएको उनले जानकारी दिए। कौसी, चौर र बाटोमा जमेको पानी हटाउन सचेत गरिएको उनले बताए।

कुनै ठाउँमा सफा पानी २ दिनदेखि तीन दिनसम्म रह्यो भयो डेंगु फैलाउने एजिप्टाइ लामखुट्टेले फुल पार्न सक्ने र त्यसरी जन्मिने सबै लामखुट्टेमा भाइरस हुने चिकित्सकहरूले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved